हिमालयन बैंकको सेयर खरिद गर्ने होइन त ? आजदेखि ७ लाख ५१ हजार कित्ता सेयर बिक्रीमा
काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ७ लाख ५१ हजार ६८०कित्ता सेयर बिक्री गर्ने लागेको हो ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय कमलादी काठमाडौंमा आवेदन दिन सकिनेछ ।
साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।













