मौद्रिक नीतिबाट लगानीकर्ता रुष्ट, बजार दुई दिनमा ६२ अकंले घट्दा कारोबार पनि खुम्चियो « Arthapath.com
६ असार २०८२, शुक्रबार

मौद्रिक नीतिबाट लगानीकर्ता रुष्ट, बजार दुई दिनमा ६२ अकंले घट्दा कारोबार पनि खुम्चियो



काठमाडौं । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दिन सेयरमा बजारमा हरियाली आयो । तर, त्यस यताको दुई कारोबारको दिन बजार भारी अकंले ओरालो लागेको छ । हिजो २६ अकंले घटेको बजारले आज पनि निरन्तरता पाएको हो ।

मौद्रिक नीति मार्फत लगानीकर्ताले सेयर बजार सम्बन्धी केहि बुदा खुकुलो हुने आश गरेका थिए । नीति मार्फत सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने जनायो । सोहि दिन बजारले सकरात्मक बाटो लियो । लगानीकर्तामा पनि उत्साह आयो ।

लगानीकर्ताले १५० को जोखिम भारलाई घट्ने बुझेका थिए । तर, पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले सेयर धितोकर्जामा पुनरावलोकन गर्ने विषयलाई लिएर दोधारमा नपर्न र सेयर धितोकर्जाको व्यवस्था यथावत नै रहेको बताए । विगतमा २५ लाख मुनिका कर्जामा जोखिमभर १०० प्रतिशत रहेकोमा अहिले यसको थ्रेसहोल्ड ५० लाख पुर्याउन खोजिएको उनले बताए । अन्य व्यवस्थालाई यथावत नै राखिने उनको भनाइ रहेको थियो । सोहि कुराले अन्यौल सिर्जना गर्दा बजार ओरालो गति तिर लागेको हो ।

राष्ट्र बैंकले घुमाउरो भाषा प्रयोग गरेर लगानीकर्तालाई कन्फ्यूज बनाउने काम गर्दै धितोपत्र बजारलाई निरुत्साहित गर्ने काम गरेको लगानीकर्ताको तर्क रहेको छ । पूँजी बजार सम्बन्धी अब लगानीकर्ताले निर्देशिका कुर्न देखिन्छ ।

बजार दुई दिनमा ६२.८५अकंले घटेको छ । आज बजार ३६.१९ अकंले घटेर २१६४.३१ बिन्दुमा बन्द भएको छ । मंगलबार २६७ कम्पनीको ७७ लाख १६ हजार २७७ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ९१ करोड ७ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार होटल तथा पर्यटन समूहको सेयर मूल्य १.२२ प्रतिशतले बढेको छ । अन्य १३ उपसूचक भने राताम्य भएका छन् ।

आज सोल्टी होटलको १५ करोड २७ लाख रुपैयाँ, शिवम सिमेन्टको १० करोड ३९ लाख रुपैयाँ र ग्लोबल आइएमई बैको ७ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्