लक्ष्मी भ्यालु फन्ड–२ मा आवेदन दिने समय थप
काठमाडौं । लक्ष्मी भ्यालु फन्ड–२ मा आवेदन दिने म्याद थप भएको छ । साउन ९ गते सम्म आवेदनको अन्तिम दिन थियो तर अब साउन १९ गतेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।
लक्ष्मी म्युचुअल फन्डले बिक्री ल्याएकोे ‘लक्ष्मी भ्यालु फन्ड–२’ १० वर्षे बन्दमुखी योजना हो । फन्डले प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको ८ करोड युनिट जारी गरेको हो । आठ करोड इकाईमध्ये बिज पूँजी वापत न्यूनतम एक करोड बीस लाख वा कुल बिक्री भएको इकाई सङ्ख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित राखेको छ । बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणलाई निष्काशन गरेको हो ।
सो फण्डमा न्यूनतम १०० इकाइदेखि अधिकतम ८० लाख इकाइमा आवेदन दिन सकिनेछ । क्यापिटलका अनुसार १ हजार रुपैयाँदेखि ८ करोड रुपैयाँसम्म लगानी गर्न सकिनेछ ।
लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।













