नेपाल फाइनान्सको आठ हजार २१७ कित्ता सेयर बिक्रीमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल फाइनान्सको आठ हजार २१७ कित्ता सेयर बिक्रीमा



काठमाडौं । नेपाल फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । दुई जना संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी मदन ताम्राकारको नाममा रहेको १ हजार ४२० कित्ता, शुभश्री सहकारीको ६ हजार ७९७ कित्ता गरी कुल ८ हजार २१७ कित्ता सेयर बिक्री गर्ने भएको छ ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटड, कमलादी काठमाडौंमा अथवा कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा आइपुग्ने गरी आवेदन पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्