महुली लघुवित्तको २० हजार कित्ता सेयर बिक्रीमा « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

महुली लघुवित्तको २० हजार कित्ता सेयर बिक्रीमा



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले संस्थापक सेयरधनी विष्णु प्रसाद न्यौपानेको नाममा रहेको २० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले सेयरको खरिद मूल्य भने खुलाएको छैन् ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन ३५ दिनिभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णसवार सप्तरीमा आफुले खरिद गर्ने सेयर कित्ताको व्याहोरा खुलाइ आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्