को हुन् ४४ हजार ४६५ कित्ता सेयर बिक्री गर्न लागेका सूर्योदय वोमी लघुवित्तका तीन जना सेयरधनीहरु ? « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

को हुन् ४४ हजार ४६५ कित्ता सेयर बिक्री गर्न लागेका सूर्योदय वोमी लघुवित्तका तीन जना सेयरधनीहरु ?



काठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले तीन जना संस्थापक सेरयधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको ल्याएको हो ।

संस्थापक सेयरधनी लिला देवी श्रेष्ठको नाममा रहेको २४ हजार ६३५ कित्ता, मेनका देवी श्रेष्ठको ९ हजार ८६५ कित्ता, दिव्यश्वरी श्रेष्ठको नाममा रहेको ९ हजार ८६५ कित्ता गरी कुल ४४ हजार ४६५ कित्ता सेयर बिक्री गर्ने भएको छ ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी ४ ललितपुरमा आफुुले खरिद गर्ने सेयर कित्ता संख्या खुलाई आवेदन पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्