प्रतिकित्ता ५५० रुपैयाँमा नै सपोर्ट लघुवित्तको सेयर किन्ने मैका « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

प्रतिकित्ता ५५० रुपैयाँमा नै सपोर्ट लघुवित्तको सेयर किन्ने मैका



काठमाडौं । सपोर्ट लघुवित्तले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रेहको १३ हजार ८९१ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयरको न्युनतम मूल्य ५५० रुपैयाँ तोकेको छ ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार आ।विवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड टेकु काठमाडौंमा आफुले खरिद गर्ने सेयर कित्ताको व्यहोरा खुलाई आवेदन पेश गर्ने सक्नेछन् ।

साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्