सेजन अध्यक्षमा ओली, उपाध्यक्षमा वञ्जारा, काे-काे निर्वाचित भए ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सेजन अध्यक्षमा ओली, उपाध्यक्षमा वञ्जारा, काे-काे निर्वाचित भए ?



काठमाडाैं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)काे अध्यक्षमा शुजन ओली ९९ मत ल्याएर निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्दी शिराेमणी ढुङ्गानाले मत ९६ प्राप्त गरेका हुन् ।

शनिबार सम्पन्न २५औं वार्षिक साधारणसभाले उपाध्यक्षमा विनय वञ्जरा निर्वाचित भएका छन् । वञ्जाराले १३५ मत ल्याएर निर्वाचित भएका हुन् । प्रत्यासी भागवत भट्टराईले ११५ मत प्राप्त गरेका छन् । सेजनकाे महासचिवमा विश्वास रेग्मी निर्विराेध निर्वाचित भैसकेका छन् ।

त्यस्तै सेजनकाे सचिवमा साेभित थपलिया निर्वाचित भएका छन् । थपलियाले १०६ मत पाएका छन भने प्रत्यासी मुना कुँवरले ७९ मत पाएकी छिन् । काेषाध्यक्षमा अच्युत पुरी निर्वाचित भएका छन् । उनले १६० मत पाएका छन् भने प्रत्यासी कमला अर्यालले ८५ मत ल्याएकी छिन् ।

सेजन सदस्यहरूमा केशु लामिछाने १८८ मत, हेमन्त जाेशी १७९, ममता थापा १५६, छवि सापकाेटा १२८, वसन्तराज उप्रेती १४५ मत सहित निर्वाचित भएका छन् । सेजनकाे निर्वाचनमा २५२ मत खसेकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्