लाभांश सिजनले उत्साहित सेयर लगानीकर्ता, बजारले लय समात्ने संकेत हो त ?

काठमाडौं । यो साता सेयर बजारले लय समातेको छ । केहि साता यता निरन्तर घटि रहेको बजार यो साता भने सुधार तिर अगाडि बढेको छ । सातामा चार दिन मात्र कारोबार भएको छ । मंगलबार राति १ बजे एमालेका उपाध्यक्ष तथा सविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनले सरकारले आज अर्थात बिहिबार शोक बिदा दिएको थियो । चार दिन मात्र कारोबार भएको सेयर बजारमा तीन दिन हरियाली आएको थियो भने एक दिन मात्र बजार करेक्सन हुन पुगेको हो ।
बजार यो साताको मंगलबार मात्र १९.४२ अकंले घटेको हो भने आइतबार १०.२३ अकं, सोमबार ४४.३० अकं र बुधबार ३९.४८ अकंले बढेको हो । साता भरी बजार ७४.५९ अकंले बढेको हो ।
निरन्तर खुम्चि रहेको कारोबार गत साता भन्दा सुधार आएको छ । १ अर्ब समेत नपुगि रहेको कारोबार यो साताका चार वटै कारोबारमा भने १ अर्ब माथिको कारोबार भएको छ । यो साता ५ अर्ब २२ करोड ११ लाख ३५ हजार २३७ रुपैयाँको कारोबार भएको छ । गत साता भने ४ अर्ब २३ करोड ३५ लाख ४९ हजार १२३ रुपैयाँको कारोबार भएको थियो ।
अहिले सेयर बजारमा आएको प्रभावलाई लिएर नियामक निकायको ध्यान दिएको पाइन्छ । निरन्तर बजार खुम्चि रहदाँ मनोबल कमजोर भएका लगानीकर्ता बिस्तारै लगानी गर्ने थाल्ने बातावरण बन्दै गएको देखिन्छ । बुधबार मात्र अर्थमन्त्री प्रकाश शरण महतले १२ करोडको सिमा घटाउन सकिने प्रतिक्रिया दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटमा मन्त्री महतले हालको १२ करोडको सीमालाई बढाएर १८–२० करोड बनाउँदा कुनै फरक नपर्ने बताएका हुन् । जग्गाको कित्ताकाट खुल्दा बजार चलायमान हुने र सेयर बजारको लगानीलाई समेत अनुत्पादक भनिहाल्न नहुने महतको तर्क थियो ।
अब लगानीकर्तामा केही आशा पलाएको देखिन्छ । मौद्रिक नीतिपछि ओरालो यात्रा तय गरेको बजारमा अब ब्रेक लाग्ने आशामा लगानीकर्ता छन् । यसबीचमा नीतिगत अवरोध, चर्को ब्याजदर लगायतका कारणले बजार घटेको थियो । अर्थ मन्त्रालयले स्थानीय निकायको सञ्चित कोषमा रहेको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने सुविधा दिएको छ । यसबाट निक्षेप थपिने र ब्याजदर घट्न आशा लगानीकर्ताहरुमा रहेको एक जानकारले बताए । तरलता बढ्ने अनि निक्षेप पनि घट्ने अनुमानसहित लगानीकर्ता उत्साहित भएको अनुमान गरिएवको छ ।
निरन्तरको गिरावटपछि मूल्य निकै सस्तो भएकाले लगानीकर्ता आकर्षित हुने आंकलन गर्ने थालिएको छ । नजिकिदैं गएको चाडवर्पमा समेत बजारमा आर्थिक कारोबार बढ्छ । बैंकिङ प्रणालीमा तरलता अवस्थाले पनि बजारको गति निर्धारण हुनेछ ।
लाभांशको सिजन सुरु भएको छ । अहिलेसम्म २ वाणिज्य बैंक, अधिकांश फण्डहरुले लाभांश घोषणा गरेका छन् । अबका साता लाभांशमय हुने देखिन्छ । अधिकांश बैंक लाभांश वितरणको अन्तिम तयारीमा छन् । अहिले सेयर किन्ने वा पुरानो होल्डमात्र गर्नेले पनि केही समयपछि नै लाभांश हात पार्न सक्ने अवस्था छ । यसले पनि बजारमा विस्तारै सुधार हुने अनुमान गर्ने सकिन्छ । बजार सुधारमा ल्याउनको लागि प्रमुख दायित्व लगानीकर्ताको मनोबलको हुन्छ । अहिले नियामकले लगानीकर्ताको मनोबल उच्च बनाउन लागि परेका देखिन्छ ।
सेयर बजारको सामान्य नियम भनेको नै घटबढ हुनु हो । लगानीकर्ताले अहिलेको अवस्थामा सबल वित्तीय सूचक भएका कम्पनी छानेर योजनाबद्ध हिसाबले लगानी गर्ने सक्नेछन् ।