माछापुच्छ्रे बैंकको ६२ हजार कित्ता सेयर बिक्रीमा, क-कस्ले दिने आवेदन ?

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ६२ हजार १६५ कित्ता सेयर बिक्री गर्ने लागेको हो ।
बैंकका संस्थापक सेयरधनी ईन्दु कुमार कार्कीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असोज ७ गते) ले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय पुतलिसडक काठमाडौंमा आवेदन दिन सकिनेछ ।
साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।