सोमबार बजार एकल अकंले घट्यो, कारोबार समेत खुम्चिदै « Arthapath.com
८ आश्विन २०८०, सोमबार

सोमबार बजार एकल अकंले घट्यो, कारोबार समेत खुम्चिदै



काठमाडौं । सोमबार पनि बजार एकल अकंले घटेको छ । साताका दुबै दिन बजार ओरालो लागेको हो ।

राष्ट्र बैङ्कले सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने वा संशोधन गर्ने सङ्केत पाएसँगै सेयर बजार सुधार तिर लम्किएको थियो । अर्थमन्त्री र गभर्नरबीच सेयर धितो कर्जामा लगाइएको १२ करोडको क्याप हटाउने वा संशोधन गर्ने लगायतका विषयमा गभर्नरले ग्रीन सिग्नल दिएको समाचार बाहिरि पछि गत साता बजार सुधार तिर गएको थियो । तर, यो साताको दुई कारोबारको दिन मै बजार ओरालो लागेको छ ।

बजार आज ५.८९ अकंले घटेर २००४.४५ बिन्दुमा बन्द भएको छ । सोमबार २८४ कम्पनीको ६५ लाख १६ हजार ६ कित्ता सेयर किनबेच हुदाँ कारोबार १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ ।

आज हाइड्रोपावर समूहको ०.९२ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.३८ प्रतिशत सेयर मूल्य बढेको छ। अन्य ११ सूचक भने राताम्य भएका छन् ।


प्रतिक्रिया दिनुहोस्