अर्थतन्त्र डामाडोल, ब्यवसाय धरापमाः एमाले अध्यक्ष ओलि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माले ओलीले ब्यवसायहरु धरापमा परेको बताएका छन् । नेकपा एमाले बाग्मती प्रदेशको अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सरकारले समय मै भुक्तानी नदिदा निर्माण ब्यवसाय पनि कालो सूचीमा पर्ने गरेको ओलिको तर्क थियो । ‘अहिले ब्यवसाय धराप र अर्थतन्त्र डामाडोल अवस्थामा छन् सरकार त्यो प्रति चासो नै दिदैन’ उनले भने, ‘सयम मै भुक्तानी सरकारले दिदैन ब्यवसायी कालो सूचीमा पर्छन अनि कसरी काम हुन्छ’
सरकार व्यावसायीक वातावरणप्रति सचेत रहन उनले सुझाव दिए । ‘दशैँ लाग्यो न्युरोडका पसलहरू बन्द छन् । आएको रेमिठ्यान्सले डलर बचेको छ । कुनै कच्चा पदार्थ आयात भएको छैन । रेमिट्यान्स खर्च भएको छैन’ ओलिले भने ।
सुन समेत गोदाम नदेखिर बाटोमा समाताएको उनले बताए । उनले भने, ‘एयरपोर्टमा सुन समातिदैन, गोदाम पनि देखिन्छ भने बाटोमा सुन समातिन्छ । सुन काण्डबारे छानविन गर्न सरकारले मानिरहेको छैन ।’
बढ्दो ब्याजदरले समेत ब्यवसाय मारमा परेको उनको भनाई थियो । अहिलेका बैंक पनि निर्मुल साहुको रुपमा काम गरिरहेको उनले बताए ।