नेप्सेमा सिटिजन लाइफको आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ? « Arthapath.com
१० आश्विन २०८०, बुधबार

नेप्सेमा सिटिजन लाइफको आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ?



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । बुधबार सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको ३ करोड ७५ लाख कित्ता आइपीओ सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ता (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारीहरु समेत) मा वितरण गरेको १ करोड १२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको २ करोड ६२ लाख ५० हजार कित्ता आइपीओ सूचीकृत भएको हो ।

कम्पनीको ओपन रेञ्ज न्यूनतम १७२ रुपैयाँ ४३ पैसा देखि अधिकतम ५१७ रुपैयाँ २९ पैसा रहेको छ । कम्पनीको नेप्से सिम्बोल सिएलआई रहेको छ ।


प्रतिक्रिया दिनुहोस्