एक कम्पनीको सेयरमा सर्किट, २६ कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ? « Arthapath.com
४ असार २०८२, बुधबार

एक कम्पनीको सेयरमा सर्किट, २६ कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?



काठमाडौँ । साताको सुरुवात मै सेयर बजार राताम्य भएको छ । बजार राताम्य हुंदा अधिकांश कम्पनीको सेयर मूल्य सस्तिएको छ ।

बजार आज ३३.२० अकंले घटेर १९७१.१० बिन्दुमा बन्द भएको छ । आज १ अर्ब ८३ करोड४ लाख ८६ हजार रुपैयाँको कारोबार भएकोछ । २६ कम्पनीको सेयर मूल्य मात्र आज बढेको छ ।

आइतबार सयपत्रि हाइड्रोपावरको सेयरमा सर्किट लागेको छ । कम्पनीको सेयर प्रतिकित्ता ३९ रुपैयाँले घटेर ४२९ रुपैयाँ भएको छ ।

आज पिपुल्स हाइड्रोपावरको ६.०७ प्रतिशत, कुमारी धनवृद्धि योजनाको ६.०५ प्रतिशत र बराहि हाइड्रोपावरको ५.९५ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्