हिमालयन रि को सीइओ बनिन् पौडेल « Arthapath.com
१४ आश्विन २०८०, आईतवार

हिमालयन रि को सीइओ बनिन् पौडेल



काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा उपासना पौडेल नियुक्ति भएकी छिन् ।

कम्पनीका सीइओ चन्द्रशेखरन् रामामुर्तिले राजिनामा दिएका थिए । उनको राजिना स्वीकृत भएपछि पौडेललाई सीइओ नियुक्ति गरिएको हो । हिमालयन रि छिरेको एक वर्ष पनि नपुग्दै पौडेल कम्पनीको सीइओ बनेकी हुन् । उनी गत वर्ष २०७९ मंसिरमा कम्पनीको नायब कार्यकारी अधिकृत बनेकी थिइन् ।

पौडेल नायब कार्यकारी अधिकृत पदमा रहेको थिइन् । तर, आइतबार बसेको कम्पनी बोर्ड बैंकले सीइओ रामामुर्ति राजिनामा स्वीकृत गरेको छ । उनको राजिनामा स्वीकृतिसंगै पौडेललाई सीइओमा बढुवा गरिएको बताइएको छ । कम्पनीका अनुसार पौडेलको नियुक्ति स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण पठाइएको छ ।

भारतमा अध्ययन गरेर फर्केकी पौडेलले यसअघि युनाईटेड इन्स्योरेन्स कम्पनीमा उल्लेख्य प्रगति गर्न सफल भएकी थिईन । विगत एक दशकभन्दा बढी लामो समयदेखि यस क्षेत्रमा काम गरेको उनको अनुभव छ । २०७८ साल वैशाख १६ गते युनाईटेड इन्स्योरेन्स कम्पनीको सिईओमा नियुक्त भएकी पौडेलले डेढ वर्ष नपुग्दै राजीनामा दिएर हिमालय रि पुगेकी थिइन् ।

उनलाई हिमालयन रि तानेर छिमेकी भारतबाट व्यापार ल्याउन सहयोग पुग्ने विश्वासका साथ कम्पनीले उनलाई उच्च व्यवस्थापनको जिम्मेवारी दिएको हो ।

उनले भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिजबाट एमबीए गरेकी छिन्। उनीसँग भारतको आइसीआइसीआइ जनरल इन्स्योरेन्स कम्पनीमा काम गरेको समेत अनुभव छ ।


प्रतिक्रिया दिनुहोस्