‘हाम्रो ध्यान कम्पनीलाई स्थायित्व दिने र शेयरधनिलाई खुसी पार्नेमा केन्द्रित छ’ « Arthapath.com
९ मंसिर २०७८, बिहीबार

‘हाम्रो ध्यान कम्पनीलाई स्थायित्व दिने र शेयरधनिलाई खुसी पार्नेमा केन्द्रित छ’



बीमा क्षेत्रमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृत (सीईओ)को नाम हो, उपासना पौडेल । उनी एक दशक भारतीय बीमा कम्पनीमा काम गरेर नेपाली बजारमा प्रवेश गरेकी हुन् । सुरुमा डेपुटी सीईओबाट युनाइटेड इन्स्योरेन्समा प्रवेश गरेकी पौडेल गएको १९ बैशाखमा सीईओ नियुक्त भएकी हुन् । दैनिक १२–१४ घण्टा काममा खट्ने आदत भएकी उनले युनाइटेड इन्स्योरेन्सको खस्कँदो शाखलाई पुनर्जागृत गराएकी छिन् ।

बीमा बजारमा प्रतिस्पर्धाको दौडभित्र कुद्नेभन्दा आफ्नो कम्पनीलाई दिगो, स्थायित्व र नाफामुखि बनाउने प्रयासमा लीन छिन् । २८ बर्ष अघि स्थापना भएको युनाइटेड इन्स्योरेन्सकी सीईओ पौडेसँग अर्थपथले गरेको कुराकानीको संपादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

कान्छो सीईओको रुपमा हुनुहुन्छ, तपाईले कार्यकाल सम्हालेको एक बर्ष जस्तो मात्रै भएको छ, यो समयावधिमा कसरी चमात्कार गर्नुभयो ?

हामीले कुनै चमत्कार गरेको होइन, यो हाम्रो टिम वर्कको सफलता हो । नेतृत्वले केही ठोस दृष्टिकोण र लक्ष्य निर्धारित गर्छ । त्यसलाई पछ्याएर सफल परिणाममा पुर्याउन समूह चाहिन्छ । नेतृत्वले आफ्नो रणनीति बनाएर अघि बढेको हुन्छ, त्यसलाई सक्षम जनशक्तिको एउटा समूह (टीम)ले मुर्त रुप दिन्छ । एउटा ‘फोकस’ नभएको ठाउँमा हामीले फरक तरिकाले ‘फोकस’ गरेर काम गरेका हौँ । फरक रणनीति अपनाएका हौं ।

नेपालमा अरुलदे छाडेका दुइ–तीन वटा त्यस्त ाबजार छन्, जसलाई हामीले आफ्नो पकडमा राख्न सक्छौं । उदाहरणका लागि काठमाडौंको बजारमा बीमा विस्तार गर्न अब कठीन भइसकेको छ । तर उपत्या बाहिरको बजार अहिले पनि कसैको पकडमा गएको छैन ।

हामीले त्यही ग्रामीण र शहरोन्मुख इलाकाबाट काम शुरु गरेका हौँ । यसबाहेक हामीले अरु २ वटा काम गरेका छौँ । यसमा हामीले पहिले आफ्ना सबै प्रणालीलाई डिजिटाइजेशन गर्यौं । दाबी भुक्तानीजस्ता सेवालाई कसरी सहज बनाउने भनेर प्रयास गरेकै कारण हामीलाई फाइदा पुगेको हो । कोही क्लाइन्टले १० प्रतिशतबाट बिजनेश शुरु गथ्र्याे भने अहिले ९० प्रतिशत विजनेश शुरुमै हामीलाई दिने गरेका छन् ।

तेस्रो काम चाहीँ हामीले कम्पनीको ‘रिब्राण्डिङ’ गर्याैं । हामीले कम्पनीको लोगो, भिजनदेखि सबै कुरालाई परिवर्तन गर्यांै । जसले गर्दा बजारमा सकारात्मक सन्देश गयो । यसबाट हाम्रो व्यवसाय र प्रतिष्ठा दुबै सुधारियो । कामको साथसाथै ब्राण्डिङलाई अगाडि लिएर जाँदा हामीलाई ‘युटर्न’ गर्न सजिलो भयो ।

डिजिटाइजेशन भन्नु भयो, इन्स्योरेन्स कम्पनीमा डिजिटाएजेशनबाट कसरी सुधार गर्न सकिन्छ ?

डिजिटाइजेशन भनेको अनलाइनमार्फत् बीमालेख लिने र अनलाईन सेवा दिनेमात्रै होइन । डिजिटल मञ्च प्रयोग गरेर के गर्छाैं भन्ने कुरा हो । बीमा कम्पनीभित्र आन्तरिक प्रणालीहरुको डिजिटाइजेशन गर्ने काम पनि हुन्छ । यसअघि कम्पनीका विभिन्न प्रणालीहरुलाई डिजिटल रुपमा अन्तरआबद्ध गर्न सकिएको थिएन । फाइनान्स, दाबी, पुनर्बीमा लगायतका प्रणाली एकीकृत गरिएको थिएन । त्यसो हुँदा कुनै पनि काम गर्न १५ दिन लाग्थ्यो । त्यो प्रणाली अहिले एकीकृत गरेर कतिपय काम एकै दिनमा सक्ने अवस्था भएको छ ।

यसरी प्रणाली सुधार गर्दा थोरै जनशक्रिबाट धेरै काम हुन सक्छ । इण्टरनेटको ब्याण्डविथलगायत थुप्रै चिजमा हुने खर्च र झमेला कम हुन्छ । यसो गर्दा त्यो जुन समय बचेको छ, त्यो समय विजनेशमा फोकस गर्न पाएका छौँ । त्यसैले आन्तरिक डिजिटाइजेशनमा ध्यान दिएका हौँ । बाह्य क्षेत्रमा हेर्ने हो भने, हामी तयारी नै छौँ । जस्तै, अनलाईन पोलिशी, अनलाइन क्लेम, लगायत केही हदसम्म हामीले वेभसाइटबाटै गर्न सक्ने व्यवस्था गरेका छौं । नियामकीय कारणले भौतिक रुपमै बीमालेख बिमितको हातमा पुर्याउनु पर्छ ।

नयाँ तरिकाले काम गर्ने सोच कसरी आयो ?

काम गर्ने तरिका नै यही हो । बीमा क्षेत्रमा म नयाँ नै भएपनि काम गरेको १० बर्ष भैसकेको छ । यसभन्दा पहिला भारतमा काम गर्थंे । मैले ‘म्यासिभ डिजिटाइजेशन मुभमेण्ट’ हेरेर आएकी छु । कागजमा पोलीशी काट्नेदेखि लिएर थुप्रै कुराहरु यो २ बर्षमा परिवर्तन भएका छन् । अनलाइन पोलीशी, डिजिटाइजेशन, इन्टर्नल अटोमेशनजस्ता सुधारले के फाइदा दिन्छ भन्ने देखिन थालिसकेको छ । यसलाई नयाँ सोच नभनौँ, तर हामीले बजारलाई रिमार्जित गर्नुपर्छ । जस्ताको त्यस्तै नक्कल (कट–कपी–पेस्ट) गर्नु हुँदैन । तर अन्यत्र भएका राम्रा प्रयासलाई इन्नोभेटिभ तरिकाले लागू गर्न सकिन्छ । हामीले त्यस्तै गरेका हौं ।

भारत र नेपालको बीमा बजारमा के फरक छ ?

हरेक बजारमा फकर हुन्छ । काठमाडौंको बजार र उपत्यका बाहिर विराटनगर, नारायणगढको बजारमा नै कतिपय कुरा फरक पर्छन् । ब्यापार गर्ने तरिका फरक–फरक हुन्छ । ग्राहक आधार फरक हुन्छ । तर भारतको मार्केट पहिले नै व्यवस्थित भएको होइन, अहिले धेरै व्यवस्थित भैसकेको छ । त्यो रुपान्तरण आउनलाई भारतमा धेरै समय लागेको थिएन । २–३ बर्षमा नै लगभग १ तहबाट एकैपटक १० तहमा पुगेको छ ।

हामी अहिले मध्येम रुपमा छौँ । बजारलाई व्यवस्थि तगर्न प्रयास गरिरहेका छौं । बीमा सचेतना बल्ल आउँदै छ । बल्ल मान्छेहरुले यसको आवश्यकता बुझिरहेका छन् । त्यसैले फरक नभनौँ, सुधारको अभियान अलि सुस्त चााहीँ भएको छ । सचेतना बढेसँगै यसतो अभियान पनि द्रुत गतिबा बढिहाल्छ ।

ग्राहक आधार हेर्ने हो भने भारतीय बजारमा जताततै लगभग उस्ते देखिन्छ । तर नेपालमा काठमाडौै र चितवनको बजार भिन्न छ । सचेतना अहिले बढिरहेको छ । नियामक निकायले पनि यसलाई प्रबद्र्धन गरिरहेको छ । धेरै फरक छैन, तर हामी व्यवस्थित बन्नका लागि प्रयास गरिरहेका छौं ।

तपाइले भारतमा बसेर त्यस्तो उदाहरणीय कुरा के सिक्नुभयो ?

मैले निर्जीवन बीमा भनेको के हो ? भन्ने सिकेको नै भारतमा हो । अरु चिज त गर्दै जाँदा हाफैं आइहाल्छन् । भारतीय बजारमा पनि प्रविधी त थियो, तर नयाँ प्रडक्टको सोच र कौशल थिएन । धेरै कुराहरु थिएनन् । आफैैं बजारमा सहभागि हुँदै गएपछि आवस्यकताले इन्नोभेशन जन्माउँछ ।

नेपालमा आएर पनि केही नसिकेको भन्ने छैन । यहाँको बजारलाई पनि म्याचुअर्ड कसरी गर्ने भन्ने छ । यहाँ पनि विभिन्न किसिमका ग्राहक आधार तयार भएका छन् । तिनलाई कसरी लक्ष्यित गर्ने भनेर सधैं सिकिरहनु पर्ने हुन्छ । सिकाइ एक अनन्त गन्तव्यको यात्रा हो ।

युनाइटेड इन्स्योरेन्सलाई यहाँसम्म पुर्याउन के रणनीति थियो ?

केही चिज रुपान्तरण गर्नु पर्ने हुन्छ । त्यो के हो भन्ने पहिचान पनि गर्नुपर्छ । मैले डेपुटी सीईओबाट यहाँ काम थालेकी हूँ । त्यो बेला नै मलाई यहाँको आन्तरिक कमीकमजोरी के छ भनेर जान्ने मौका मिल्यो । एकै पटक बाहिरबाट आएर सीईओ पदमा बसेको होइन । यसले मलाई एकसाथ धेरै सुधारका काम गर्न सहज भयो ।

पहिलो चरण कहाँ राख्ने भन्ने कुरा सुरुमा छुट्याइयो र त्यसमा सुधार थालियो । त्यसपछि २–३ वटा काम एकसाथ सुरु भए । सुधारका लागि एउटा टिम बनाउनु पर्छ । टिममा समान किसिमको ऊर्जा र मतैक्य छैन भने एउटै भिजनमा हिँड्दैन । त्यसपछि टिमलाई भिजन दिनुपर्छ । नयाँ मुभमेन्ट ल्याउन गाह्रो हुन्छ । अर्काे इन्टर्नली कमीकमजोरी हुन्छन्, आफूलाई मार्केटलाई कसरी विश्वास गर्छ भन्ने हो । अर्काे भनेको सिस्टमहरुमा के कमी कमजोरी छन् भनेर त्यसलाई सुधार गर्नु पर्छ ।

हाम्रो सेक्टर भनेको मार्केटिङ गरेर इन्स्योरेन्स त ल्यायो । तर दाबी भुक्तानी सेवा राम्रो दिन सकेनौँ भने हुँदैन । यसैलाई फोकस गरेर काम गरेका हौँ । इमेजमा केही कमीकमजोरी थिए भने रिब्राण्डिङ गर्याैं ।

हाम्रो सेवा राम्रो हुँदै गयो । ग्राहक पहिलेभन्दा सन्तुष्ट हुँदै गए । हामीलाई हेर्ने तरिका फरक हुँदै गयो । हाम्रो विजनेश पनि त्यही हिसावले बढ्दै गयो । हामीले १ बर्षको अल्पकालिन भिजन लिएर हुँदैन, दीर्घकालिन भिजन दिनुपर्छ । जुन हामीले पहिले सोचेका थिएनौँ ।

कम्पनीलाई कसरी नाफामा लाने र कसरी दीगो स्थायित्व प्राप्त गनेृ भनेर गृहकार्य गर्यौं । त्यो भिजनमा टिमलाई कसरी उपयोग गर्ने, कुन कुन प्रोडक्टलाई महत्व दिने, कुन बजारमा हामीले ध्यान केन्द्रित गर्ने, कस्तो गहक बेसमा महत्व दिने, त्यो सबै ३–४ बर्षको प्लान लिएर अगाडि बढको छौँ ।

क जना महिलाले पनि जिम्मेवारी पाइन् भने के गर्न सक्छिन् भन्ने उदाहरण दिनुभएजस्तो छ नि ?

सधै सक्छ नी । जिम्मेवारीमा महिला–पुरुष हुन्छ ? महिलाले त सधै जिम्मेवारी निभाइरहेका छन् ।

यति कम उमेरमा कम्पनीको नेतृत्व गर्छु भनेर पहिले सोच्नु भएको थियो ?

किन नसोच्नु र हजुर । ग्रुमिङ नै त्यही हिसावले भयो होला, जब म भारतमा काम गर्थेँ । मार्केटिङ, अण्डरराईटिङ, टेक्नोलोजी लगायत इन्स्योरेन्सको सबै क्षेत्रमा काम गरेकी छु । सीईओ कहिले हुने भनेर समय तोकेको थिएन होला, तर हुन्छु भन्ने आँट त थियो । त्यो सोच नराखेर त अगाडि बढ्नै सकिँदैन ।

कम उमेरमै ठूलो जिम्मेवारी आयो भन्ने लाग्दैन ?

मलाई त्यस्तो पटक्कै लाग्दैन । पहिले पनि सानो उमेरदेखि ठूलो जिम्मेवारी लिएर काम गरेको हुँ । भारतमा पनि कम्पनीको धेरै ठूलो पोर्टफोलियो हेर्थें । मैले काम गर्ने डिपार्टमेन्टको लिड गर्नेहरु १०–१२ बर्ष सिनियर नै हुन्थे । तर मार्केटलाई हेर्दा फरक लाग्ला त्यही हिसावले मिहेनत पनि गरेकी छु । कहिले ३ दिन घर नगईकन अफिसमा नै बसेर काम गरेको छु । त्यो आउटपुट दिएपछि सानो उमेरमै योग्य ठहरिएकी हुँला भन्ने लाग्छ ।

यो कम्पनीको पुराना समस्याहरु सल्टिए ?

अहिले हामीसँग कुनै पुराना समस्या बाँकी छैन । पुराना समस्या चिरेर अघि बढेकै कारण कम्पनी अहिले यो अवस्थाम आउको हो । अब ग्राहक र शेयरधनीको हितमा काम गर्छौं ।

यो कम्पनीलाई कति बर्षमा नेपालको सबैभन्दा ठूलो र बलियो बनाउन सकनुहुन्छ ?

त्यसो भन्दा एक असम्भव अपेक्षा राखेजस्तो होला । हाललाई हाम्रो चासो यस कम्पनीलाई स्थायित्व दिने हो । १ नम्बर, २ नम्बर भन्दा पनि बजारमा हामी कसरी स्थायित्व प्राप्त गर्ने, हाम्रो पोर्टफोलियो कसरी बन्छ, एक तहको नाफा टिकाउन के गर्न सकिन्छ भन्ने कुरामा हामी आउँदा २–३ बर्ष काम गर्ने छौं । त्यसपछि त बजारमा एक्विजिशन, मर्जरजस्ता अस्वभाविक बृद्धि शुरु हुन सक्छ । त्यसपछि मात्रै नम्बर वान बनाउने यात्रा शुरु हुन्छ ।

नेपालको निर्जीबन बीमा क्षेत्रमा रहेका चुनौती पहिचान गर्नुभएको छ ?

सबै बजारमा चूनौति हुन्छन् तर त्यसलाई अवसरको रुपमा लिने हो । प्रस्तिपर्धा धेरै छ । म सधैँ भन्छु, प्रतिस्पर्धा आफैसँग गर्ने हो । हामी अरुसँग गर्नुको सट्टा हाम्रो क्लाइन्ट बेसबाट कति धेरै रेभ्यून्यू ल्याउन सक्छौँ, अरु कुन क्लाइन्टलाई ट्याप गर्न सकिन्छ भनेर सोच्छौं । हामी प्रतिस्पर्धामा कोको छन् र हाम िकहाँनेर छिर्न सक्छौं भनेर जोखना हेर्दैनौं ।

कोरोना बीमाको दावीभुक्तानी हुन बाँकी छ, यसले बीमाप्रति जनविश्वास घटेको भन्ने छ नी ?

कोरोना बीमाको विषयमा पनि कसैले आएर धन्बाद दिन्छन्, कसैले आएर ‘यो भएन’ भन्नुहुन्छ । त्यस्तो हरेक खालका दाबमिा हुन्छन् । बैंकिङ क्षेत्रमा पनि केही न केही हुन्छ । तर एउटा फाइदा भनेको कोरोना बीमाको जति चर्चा भयो, त्यति बीमाको नाम त आयो नी ।

यसलाई सकारात्मक रुपमा हेर्दा बजारमा सचेतना बढाएको छ । जो मान्छे स्वास्थ्य बीमा गर्दैनथिए, उनीहरु अहिले सचेत भएर स्वास्थ्य बीमा गर्न थालेका छन् । एक किसिमको सचेतना आएको छ । बीमा कम्पनीले पैसा लिनेमात्र होइन, तिर्ने पनि रहेछ भन्ने जनविस्वास बढेको पनि छ ।

युनाइटेड इन्स्योरेन्सको अबको योजना के छ ?

हाम्रो अहिले नयाँ योवजना भन्दा पनि शेयर धनिलाई कसरी लाभ दिने भन्ने ध्यान छ । तर मुख्य फोकस भनेको कसरी दिगो, स्थायित्व र नाफामुखि भएर जाने भन्ने छ । यो अल्पकालिन योजना हो । यसका साथै कम्पनीको सञ्जाल विस्तार भईरहेको छ । ३२ बाट ५०–६० भन्दा बढी शाखा पुर्याउनु पर्छ । जहाँ हामी छैनाँै त्यो क्षेत्रमा छिर्नुपर्छ । नाफा नै नहुने ठाउँमा भएका शाखाहरु बन्द गर्ने काम पनि भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्