सोमबार ८५ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौँ । सोमबार ८५ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । आज बजार सामान्य सुधार आए पनि उक्त कम्पनीको सेयर मूल्य घटेको हो ।
सोमबार २८६ कम्पनीको १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ ।
सोमबार पिपुल्स हाइड्रोपावरको ५.२९ प्रतिशत, मनकामना इन्जिनिरिङको ५.२३ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ४.९६ प्रतिशतसहित ८५ कम्पनीको सेयर मूल्य घटेको हो ।
