नेप्सेमा एक कम्पनीको ५८ लाख कित्ता बोनस सेयर सूचीकृत « Arthapath.com
४ असार २०८२, बुधबार

नेप्सेमा एक कम्पनीको ५८ लाख कित्ता बोनस सेयर सूचीकृत



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेपाल पुनर्बीमा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको ४.७५ प्रतिशत बोनस बापतको ५८ लाख १० हजार ४३७.५० कित्ता सेयर सूचीकृत भएको हो । अब उक्त बोनस लगानीकर्ताको डिम्याटमा जम्मा भए पश्चात मात्र खरिद बिक्री गर्ने पाइनेछ ।


प्रतिक्रिया दिनुहोस्