कुमारी बैंकले ल्यायो ‘टिका अघि नै दक्षिणा’ योजना, कति पाइन्छ क्यासव्याक ? « Arthapath.com
२२ असार २०८२, आईतबार

कुमारी बैंकले ल्यायो ‘टिका अघि नै दक्षिणा’ योजना, कति पाइन्छ क्यासव्याक ?



काठमाडौं । कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।

नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंकले ‘टिका अघि नै दक्षिणा’ योजना ल्याई महान चाड दशैंको थप उत्सुक बनाइदिएको छ । यस योजनामा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पmत भुक्तानि कारोबार गर्दा हरेक दिन पहिलो ५०÷५० जनालाई बैंकद्वारा २५% अधिकतम ५०१ रुपैयासम्म क्यासव्याक दिइने छ । क्यासव्याक रकम पिओएस, क्वीआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरीने कारोबारमा प्रदान गरिनेछ ।

चाडबाडको अवसरमा कुमारी बैंकले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी असोज २८ देखी कार्तिक ५ गते सम्म लागु हुने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्