सेयर बजारमा अझै आएन उत्साह, ११ उपसूचक राताम्य

काठमाडौं । आज फेरी सेयर बजार ओरालो लागेको छ । राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाइएको क्याप परिमार्जन गरे पनि सेयर बजारमा उत्साह आउन सकेको छैन ।
राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै व्यक्तिगत १५ करोड र संस्थागततर्फ २० करोड रुपैयाँ बनाएको छ । नीतिगत फेरबदल गरि राष्ट्र बैंकले सीमा बढाए पनि सेयर लगानीकर्ताहरु खुसी देखिएनन् । यस्तो नीतिले सेयर बजारमा झन नसकारात्मक प्रभाव पारेको छ ।
लगानीकर्ताहरुले नियामक निकायको कारणले नै गर्दा अहिले बजार ओरालो लागि रहेको आरोप लगाउदैं आएका छन् । बजार आज १३.४६ अकंले घटेर १९०७.७८ बिन्दुमा बन्द भएको छ । सोमबार २८७ कम्पनीको ४३ लाख २७ हजार १७९ कित्ता सेयर किनबेच हुंदा १ अर्ब १७ करोड १ लाख ७२ हजार रुपैयाँको कारोबार भएकोछ ।
आज ११ उपसूचक राताम्य भएका छन् । सोमबार बैंकिङ समूहको ०.७४ प्रतिशत, विकास बैंक समूहको ०.५१ प्रतिशत, फाइनान्स समूहको ०.५२ प्रतिशत लगायत ११ उपसूचक राताम्य भएका हुन् ।

सोमबार नबिल बैंकको ३ करोड ५१ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको ३ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ ।
