७ श्रावण २०८३, बिहिबार

मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए



काठमाडौँ । सेयर बजार राताम्यको यात्रा तय गरी रहेको छ । बजार लगातार चार कारोबारका दिन राताम्य भएको छ ।

बजार आज १९.०६ अकंले घटेको छ । मंगलबार परिसूचक १८८९.५९ बिन्दुमा पुगेको छ । ४२ लाख ८७ हजार ४२४ कित्ता सेयर किनबेच हुंदा १ अर्ब २८ करोड ३१ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार अपर लोहोरे हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर ५.८६ प्रतिशतले बढेको हो । साथै, इन्फिनिटी लघुवित्तको ४.१९ प्रतिशत, गुराँस लघुवित्तको ४.०३ प्रतिशत र प्रभु डिबेञ्चरको ३.८९ प्रतिशतले सेयर मुल्य बढेको छ ।

त्यस्तै, आज सर्वाधिक गुमाउनेमा बराही हाइड्रोपावरको ७.६४ प्रतिशत, गरिमा डिबेञ्चरको ५.४८ प्रतिशतले सेयर मुल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्