हाथवे इन्भेष्टमेन्ट र माण्डु हाइड्रोपावरको पहिलो कारोबार कतिबाट सुरु भयो ? « Arthapath.com
४ असार २०८२, बुधबार

हाथवे इन्भेष्टमेन्ट र माण्डु हाइड्रोपावरको पहिलो कारोबार कतिबाट सुरु भयो ?



काठमाडौँ । स्पेशल प्रि ओपन सेसनमा हाथवे इन्भेष्टमेन्ट र माण्डु हाइड्रोपावरको पहिलो कारोबार भएको छ।

पहिलो दिन हाथवेको सेयर प्रतिकित्ता २८५ रुपैयाँ २० पैसा र माण्डुको ३७३ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो।

यी दुबै कम्पनीहरुको सेयर असोज २३ गते (मंगलबार) नेप्सेमा सूचीकृत भएको थियो। पहिलो कारोबारका लागि नेप्सेले हाथवेलाई ९५ रुपैयाँ ९ पैसादेखि २८५ रुपैयाँ २७ पैसा र माण्डुलाई नेप्सेले १२४ रुपैयाँ ४२ पैसादेखि ३७३ रुपैयाँ २६ पैसासम्मको ओपन रेञ्ज दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्