मिड सोलु हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, ओपन रेञ्ज कति ? « Arthapath.com
४ असार २०८२, बुधबार

मिड सोलु हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, ओपन रेञ्ज कति ?



काठमाडौँ । मिड सोलु हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ७४ लाख ८४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पीले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरु र कर्मचारी) मा वितरण गरेको १४ लाख ९६ हजार ८०० कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ५९ लाख ८७ हजार २०० कित्ता सेयर सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको ओपन रेञ्ज न्यूनतम १०० रुपैयाँ देखि अधिकतम ३०० रुपैयाँ तोकिएको छ । कम्पनीको सिम्बोल एमएसएचएल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्