भगवती र मिड सोलु हाइड्रोपावरको पहिलो कारोबार कतिबाट भयो ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयर कारोबार सुरु भएको छ ।
बिहीबार स्पेसल प्रि ओपनिङ सेसनमा भगवती हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता ३६१.१० रुपैयाँबाट भएको छ । नेप्सेले भने ओपन रेञ्ज प्रतिकित्ता १२०.४१ रुपैयाँदेखि ३६१.२३ रुपैयाँसम्म तोकेको थियो ।
मिड सोलु हाइड्रोपावको पहिलो कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा खुला भएको छ । नेप्सेले भने प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म तोकेको थियो ।