७ श्रावण २०८३, बिहिबार

सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए–गुमाए



काठमाडौँ । सोमबार सेयर बजारले राताम्य यात्रालाई निरन्तरता दिएको छ । बजार निरन्तर खुम्चिदा लगानीकर्ता निराश बन्दै गएका छन् ।

दशैंको मुख मै बजार निरन्तर ओरालो लागि रहेको हो । बजार आज २३.१६ अकंले घटेर १८५१.४३ बिन्दुमा बन्द भएको छ । आज कारोबार पनि १ अर्ब २५ करोड ३२ लाख ९१ हजार रुपैयाँ भएको छ ।

सोमबार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ७.८७ प्रतिशत,सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको ७.३१ प्रतिशत, सुपर माई हाइड्रोपावरको ४.०४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज २ कम्पनीको सेयरमा भने नकारात्मक सर्किट लागेको छ । सोमबार सयपत्रि हाइड्रोपावर र ह्याथवे इन्भेष्टमेन्टको सेयरमा नकारात्मक सर्किट लागेको हो ।


प्रतिक्रिया दिनुहोस्