७ श्रावण २०८३, बिहिबार

धितोपत्र बजार पूँजीकरण २९ खर्ब ६१ अर्ब ३४ करोड कायम



काठमाडौँ । नेप्से सूचकाङ्क भदौं मसान्तमा १९६४. ९ कायम भएको छ । गत वर्ष भदौ मसान्तमा सूचकाङ्क १९१०.४ रहेको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार यस्तो देखाएको हो ।

भदौ मसान्तमा धितोपत्र बजार पूँजीकरण २९ खर्ब ६१ अर्ब ३४ करोड कायम भएको छ । २०७९ भदौ मसान्तमा बजार पुँजीकरण २७ खर्ब ४४ अर्ब ८८ करोड रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्