यी १० कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए–गुमाए « Arthapath.com
४ असार २०८२, बुधबार

यी १० कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए–गुमाए



काठमाडौँ । लामो समय पछि बजार दोहोरो अकंले बढेको छ । बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएसँगै सेयर बजारमा सुधार संकेत देखिएको हो ।

बजार आज १३.१८ अकंले बढेर १८६४.६२ बिन्दुमा बन्द भएको छ । ३८ लाख ९ हजार ७४३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६६ लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार एनआइबिएल प्रगति फण्डको ७.३५ प्रतिशत, स्वीट गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको ६.९१ प्रतिशत, सिद्धार्थ इक्वाटी फण्डको ६.४८ प्रतिशतले सेयर मूल्यमा सुधार आएको छ ।

त्यस्तै, ह्याथवे इन्भेष्टमेन्टको ८.५३ प्रतिशत, सुपर माई हाइड्रोपावरको ६.४५ प्रतिशत र हिमालयन लघुवित्तको ५.९९ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्