कुमारी बैंकको वडा दसैं क्यास ब्याक तथा दक्षिणा योजना,के-के छन् सुविधाहरु ?

काठमाडौं । कुमारी बैंकले दसैंमा डिजीटल दक्षिणा अफर ल्याएको छ । बैंकले बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित ‘बडा दसैं दक्षिणा’ र क्यास ब्याक अफर योजना लाई थप समयको लागि निरन्तरता दिएको हो ।
नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको बैकले क्यासब्याक अफर योजनाले महान चाड दशैंको हर्षोल्लासलाई थप अभिवृद्धि गर्नेछ । योजनामा पनि कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानि कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपँैयासम्म क्यास ब्याक दिइने छ । क्यासब्याक रकम पिओएस र क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरिने कारोबारमा प्रदान गर्ने बैंकले जनाएको छ।
चाडबाडको अवसरमा बैंकले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी कातिक ६ देखी कातिक ११ गते सम्मका लागि समेत निरन्तर रहने जनाएको छ ।
साथै, कुमारी बैंक लिमिटेडले बडा दशैं को विशेष दिन विजया दशमीका दिन आफ्ना ग्राहकहरुलाई थप आकर्षक सुविधा सहित क्यासब्याक अफरसँगै ‘बडा दशंै दक्षिणा’ योजना समेत सार्वजनिक गरेको छ ।
यस योजनामा कात्तिक ७ गते विजया दशमीका दिन मोबाइल बैंकिङ्ग मार्फत रकम स्थानान्तरण कारोबार गर्दा नदोहोरिने गरी पहिलोे १ हजार ४०० जना ग्राहकहरुलाई बैंकद्वारा ५० क्यास ब्याक दिइने जनाएको छ। क्यास ब्याकका लागि योग्य हुन न्युनतम कारोबार १०० रुपैयाँ हुनुपर्नेछ ।
माथि उल्लेखित दुवै अफरहरु विहान ८ बजे देखि राति ११: ५९ बजे सम्म गरीएका कारोबारमा लागु हुनेछ । कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम र ६४ शाखारहित बैंकिङ्ग एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।