लगातार तेस्रो दिन पनि सोनापुर मिनरल्सको सेयरमा नकारात्मक सर्किट, सेयर मूल्य कति ?

काठमाडौँ । प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड कारोबारमा आएको तेस्रो दिनमा समेत नकारात्मक सर्किट लागेको छ ।
कारोबारमा आएको तेस्रो दिन (कात्तिक १४ गते) नकारात्मक सर्किट लागेको हो । आज कारोबारको शुरुवात मै ९.९८ प्रतिशतले घटेर कम्पनीको सेयर प्रतिकित्ता २५५.२० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सोनापुरको पहिलो कारोबार प्रतिकित्ता ३५० रुपैयाँमा खुला भएको थियो । सर्वसाधारणलाई १०० अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँका दरले आइपीओ बिक्री गरेको थियो ।
