डलरको भाउले फेरि बनायो नयाँ कीर्तिमानी उचाई: नेपाली रुपैयाँ इतिहासकै कमजोर, कस्तो पर्छ असर ? « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

डलरको भाउले फेरि बनायो नयाँ कीर्तिमानी उचाई: नेपाली रुपैयाँ इतिहासकै कमजोर, कस्तो पर्छ असर ?



काठमाडौं । अमेरिकी डलरको भाउले नयाँ कीर्तिमानी बनाएको छ । बिहीबार डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्री दर १३३ रुपैयाँ ५७ पैसा पुगेको छ । यसको खरिद दर भने १३२ रुपैयाँ ९७ रुपैयाँ कायम भएको छ । डलरको भाउले यसअघि पनि असोज २, ३ र ३० गते पनि नयाँ रेकर्ड बनाएको थियो । त्यतिबेला डलरको भाउ १३३ रुपैयाँ ५४ पैसा पुगेको थियो ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बनेको छ, भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ पनि कमजोर भएको छ । भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यसले भारु कमजोर हुँदानेपाली रुपैयाँ समेत कमजोर भएको हो । अमेरिकी डलर बढ्दै जाँदा यसले. विश्व बजारको व्यापार र आन्तरिक कारोबारलाई समेत असर पार्ने गर्दछ । यसले आया गर्ने सामग्रीका लागि थप महँगो पार्छ ।

कुन देशको मुद्रा साट्दा कति पाइन्छ ?

CurrencyUnitBuySell
USD (U.S. Dollar)1132.97133.57
EUR (European Euro)1140.17140.80
GBP (UK Pound Sterling)1161.31162.04
CHF (Swiss Franc)1146.28146.94
AUD (Australian Dollar)184.3184.69
CAD (Canadian Dollar)195.7996.22
SGD (Singapore Dollar)197.0397.46
JPY (Japanese Yen)108.798.83
CNY (Chinese Yuan)118.1718.25
SAR (Saudi Arabian Riyal)135.4435.60
QAR (Qatari Riyal)136.4736.64
THB (Thai Baht)13.673.69
AED (UAE Dirham)136.2036.37
MYR (Malaysian Ringgit)127.8728.00
KRW (South Korean Won)1009.799.83
SEK (Swedish Kroner)111.8711.92
DKK (Danish Kroner)118.7818.86
HKD (Hong Kong Dollar)117.0017.07
KWD (Kuwaity Dinar)1429.82431.76
BHD (Bahrain Dinar)1352.47354.06
स्रोत: नेपाल राष्ट्र बैंक


प्रतिक्रिया दिनुहोस्