७ श्रावण २०८३, बिहिबार

नेप्सेमा नेपाल सरकारका नौ ओटा विकास ऋणपत्र सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकारको नौ ओटा विकास ऋणपत्र सूचीकृत भएको छ । शुक्रबार सरकारको तर्फबाट राष्ट्र बैंकद्धारा निष्कासन गरिएकोे विकास ऋणपत्र सूचीकृत भएको हो ।

नेप्सेमा ६ वर्ष अवधिका २०८६ ‘ज’, २०८६ ‘झ’ , २०८६ ‘ट’, २०८६ ‘ञ’ र २०८६ ‘ठ’ छन्। त्यस्तै ५ वर्ष अवधिको २०८५ ‘ञ’र ८ वर्ष अवधिका २०८८ ‘ग’, २०८८‘ङ’ र २०८८ ‘घ’ सूचीकृत भएका हुन् । सबै ऋणपत्रहरुको वार्षिक ब्याजदर ७ प्रतिशत रहेको छ ।

२०८० भदौ ११ गतेदेखि असोज २६ गते सम्म गतेसम्म निष्कासन भएका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएका हुन ।


प्रतिक्रिया दिनुहोस्