केपी ओली कप: राष्ट्रिय खेलाडीले भरिपूर्ण पुलिस क्लबलाई सुदूरपश्चिमले हरायो « Arthapath.com
१२ मंसिर २०८०, मंगलवार

केपी ओली कप: राष्ट्रिय खेलाडीले भरिपूर्ण पुलिस क्लबलाई सुदूरपश्चिमले हरायो



काठमाडौँ । अधिकांश खेलाडी राष्ट्रिय रहेको नेपाल पुलिस क्लबलाई सुदुरपश्चिम प्रदेशले पराजित गरेको छ । पोखरामा जारी केपी ओली कप टि– २० क्रिकेट प्रतियोगिताको सुदुरपश्चिमले पुलिससँग जित निकालेको हो । हारसँगै विभागीय टिम पुलिस उपाधिबाट बाहिरिएको हो ।

तीनै टिमले समान एकएक जित र एकएक हार बेहोरेपछि समान २-२ अंक भयो। नेटरन रेटमा मधेश अघि रह्यो भने पुलिस दोस्रो र सुदूपश्चिम तेस्रो स्थानमा रहे। यससँगै समूहबाट मधेश अन्तिम चारमा पुग्न सफल भयो।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा पुलिसले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले १८ ओभर ४ बलमा पूरा गरेको हो । ४६ रनमा ५ विकेट गुमाएको सुदुरपश्चिमले किरण थगुन्नाले र नरेन शाउदले ९३ रनको उत्कृष्ट साझेदारी गरेका थिए । जसमा सुदुरपश्चिमका किरण थगुन्नाले सर्वाधिक ५१ रन बनाए ।

कप्तान राजु रिजालले १९ र बसन्त कार्कीले १५ रनको योगदान दिए । बलिङतर्फ पुलिसका रशिद खानले ३ विकेट, सुनिल धमला र सागर ढकालले १–१ विकेट लिए ।

यसअघि पुलिसका ओपनर कुशल भुर्तेलको ५१ बलमा ६७ रन, सुनील धमालाले ४२, अर्जुन साउदले २० र कप्तान आरिफ शेखले २ रन बनाएका थिए । दीलिप नाथ ४ र करण केसीले ७ रन जोड्दै अविजित रहेका हुन् ।


प्रतिक्रिया दिनुहोस्