बैंकको ब्याजदरमा सहुलियतको विषयमा सरकार गम्भीर छः अर्थमन्त्री डा. महत « Arthapath.com
१३ मंसिर २०८०, बुधबार

बैंकको ब्याजदरमा सहुलियतको विषयमा सरकार गम्भीर छः अर्थमन्त्री डा. महत



काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकको व्याजदर, ब्याजदरमा सहुलियत लगायतका विषयमा गम्भीर रहेको बताएका छन् । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा अध्यक्ष दुर्गा प्रसाईँतर्फ लक्षित गर्दै उनले जनताले धेरै ठूलो मेहनत गरेर ल्याएको यो व्यवस्थाको पक्षमा ठूलो जनमत रहेको बताए । उनले सरकार नागरिकका विभिन्न समस्याहरु बैंकको व्याजदर, ब्याजदरमा सहुलियत लगायतका विषयमा गम्भीर रहेको उनले बताए ।

विभिन्न बहानामा संघीय लोकतान्त्रिक गणतन्त्रमापथ प्रश्न उठाउने कोशिस भइरहेको उनको भनाइ रहेको थियो । ‘यो सिस्टम धेरै ठूलो मेहनत र प्रयासबाट स्थापित भएको हो । यसमाथि प्रश्न उठाउने लक्ष्यका साथ अनेकौं बहानाबाजी गरेर यसलाई कमजोर बनाउने कोशिस विभिन्न बहाना र विभिन्न रुप रंगमा प्रकट भएकै छन्’ महतले भने ।


प्रतिक्रिया दिनुहोस्