नागरिक स्टक डिलरले पुष २० गते बोलायो साधारण सभा

काठमाडौं । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले चौथो वार्षिक साधारण सभा पुष २० गतेका लागि बोलाएको छ । सभा नागरिक लगानी कोष भवन नयाँ बानेश्वर काठमाडाँैमा दिउँसो ३ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्रको दफा ४ र दफा ५ मा आवशयक संशोधन/थप गर्ने प्रस्ताव पारित गर्नेछ । भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन दिएमा सो मुताविक संशोधन गर्न सञ्चालक समितिलाई पूण अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।