होटल तथा पर्यटन क्षेत्रमा लगानी गर्न बैंकहरु आकर्षित: तीन महिनामै दिए ८ अर्ब ऋण, कुन बैंकले कति ? « Arthapath.com
२० मंसिर २०८०, बुधबार

होटल तथा पर्यटन क्षेत्रमा लगानी गर्न बैंकहरु आकर्षित: तीन महिनामै दिए ८ अर्ब ऋण, कुन बैंकले कति ?



काठमाडौं । होटल तथा पर्यटन क्षेत्रा बैंकहरुले तीन महिनामै झण्डै ८ अर्ब कर्जा लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा बैंकहरुले ७ अर्ब ७७ करोड बढी कर्जा लगानी होटल तथा पर्यटन क्षेत्रमा गरेका छन् । नेपालमा पछिल्लो विदेशी पर्यटकको आगमन पनि बाक्लो हुँदै गएको छ ।

पर्यटन बजार चलायमान बन्दै गएपछि होटल तथा यससँग सम्वन्धित पूर्वाधार पनि निर्माण धमाधम अघि बढेका छन् । पर्यटन बजारमा देखिएको सुधारले पनि बैंकहरुले लगानी बढ्न थालेको छ । विशेषगरि अहिले नेपालमा पर्यटन पूर्वाधार निर्माणमा आएको बढोत्तरीले पनि बैंकहरुको कर्जा लगानी बढेको देखिन्छ ।

चालु आवको असोज मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको यस क्षेत्रमा कुल २ खर्ब १८ अर्ब ७७ करोड बढी कर्जा लगानी गरेका छन् । जुन गत असार मसान्तसम्मको तुलनामा ३.६८ प्रतिशतले बढी हो । गत असार मसान्तसम्ममा भने यो क्षेत्रमा कर्जा लगानी २ खर्ब ११ अर्ब रुपैयाँ बढी थियो । कोरोना महामारीले प्रभावित बनेको पर्यटन क्षेत्रमा रौनकता देखिन थालेको छ । नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको संख्यामा पनि १ लाख कट्न थालेको छ । यसरी विदेशी पर्यटकको आगमन र यससँग सम्वन्धित पूर्वाधारको विकासले नै कर्जा प्रवाह बढेको बताइन्छ ।

समिक्षा अवधिसम्ममा वाणिज्य बैंकहरुले मात्रै १ खर्ब ८८ अर्ब ५१ करोड ९३ लाख रुपैयाँ कर्जा पर्यटन क्षेत्रमा लगानी गरेका छन् । विशेषगरि पर्यटन क्षेत्रमा आएको सुधारले नै कर्जा लगानी बढेको बताइन्छ ।

हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै लगानी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि) ले गरेको छ । होटल तथा पर्यटन क्षेत्रमा एनआइएमबिले गरेको छ । बैंकले २४ अर्ब २ करोड १४ लाख बढी कर्जा लगानी पर्यटन क्षेत्रमा गरेको छ ।

प्रभु बैंक पनि होटल तथा पर्यटन क्षेत्रमा लगानी बढाउन अगाडि देखिएको छ । बैंकले पनि १६ अर्ब २१ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस्तै, प्राइम बैंकले १५ अर्ब ५५ करोड ९४ लाख, ग्लोबल आइएमईले १५ अर्ब ४७ करोड १७ लाख, राष्ट्रिय वाणिज्य बैंकले १२ अर्ब ९५ करोड २५ लाख, हिमालयनले ११ अर्ब २३ करोड ५१ लाख, १० अर्ब २६ करोड ९६ लाख रुपैयाँ बढी पर्यटन क्षेत्रमा कर्जा लगानी गरेका छन् ।

समिक्षा अवधिमा लक्ष्मी सनराइज बैंकले ९ अर्ब ६८ करोड ८० लाख, नेपाल बैंकले ८ अर्ब, एनएमबिले ७ अर्ब २३ करोड ९८ लाख, सिद्धार्थ बैंकले ७ अर्ब ४१ करोड, नेपाल एसबिआई ६ अर्ब ६९ करोड, सानिमाले ५ अर्ब २२ करोड ७७ लाख, कृषि विकासले ४ अर्ब ७४ करोड ७४ लाख, एभरेष्टले ३ अर्ब ३४ करोड ८४ लाख, सिटिजनले २ अर्ब ८६ करोड ७९ लाख र स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब ३१ करोड रुपैयाँ कर्जा दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्