भिजन लुम्बिनी, नेपाल वेयर हाउजिङ र चिरख्वा हाइड्रोपावरको सेयर कारोबार कतिबाट भयो सुरु ?
काठमाडौँ । तीन कम्पनीको आइपीओ आजदेखि कारोबारमा आएका छन् । भिजन लुम्बिनी उर्जा, नेपाल वेयर हाउजिङ र चिरख्वा हाइड्रोपावर लिमिटेड को सेयर कारोबार सुरु भएको हो ।
बिहीबार प्रि ओपनिङ सेसनमा भिजनको पहिलो कारोबार प्रतिकित्ता ३६५.३० रुपैयाँमा खुला भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता १२१.७८ रुपैयाँदेखि ३६५.३४ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो ।
नेपाल वेयर हाउजिङ कम्पनीको प्रतिकित्ता २०८.८० रुपैयाँमा कारोबार खुला भएको छ । नेप्सेले कम्पनीको प्रतिकित्ता ९३.०४ रुपैयाँदेखि २७९.१२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो ।
त्यस्तै, चिरख्वा हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा खुला भएको छ । नेप्सेले कम्पनीलाई प्रतिकित्ता १००.०१ रुपैयाँदेखि ३००.०३ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो ।













