लाभांश पारितका लागि लुम्बिनी विकास बैंकले पुष २६ गते बोलायो साधारण सभा « Arthapath.com
११ असार २०८२, बुधबार

लाभांश पारितका लागि लुम्बिनी विकास बैंकले पुष २६ गते बोलायो साधारण सभा



काठमाडौँ । लुम्बिनी विकास बैंकले वार्षिक साधारण सभा पुष २६ गतेका लागि बोलाएको छ । सभा सभा अमृत भोग कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा गत आर्थिक वर्षको नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले पुष १७ गते बुक क्लोज गर्ने भएको हुँदा पुष १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्