१८ श्रावण २०८३, सोमबार

ब्राजिलमा ‘बिवाईडी डल्फिन’ बन्यो वर्ष २०२३ को सबैभन्दा धेरै पुरस्कृत विद्युतीय कार



काठमाडौं । ‘बिवाईडी डल्फिन’ ब्राजिलको सबैभन्दा बढी पुरस्कृत विद्युतीय गाडी बनेको छ । ब्राजिलमा लन्च भएको ६ महिनामानै ‘बिवाईडी डल्फिन’ले १० महत्त्वपूर्ण उपलब्धिहरू प्राप्त गरेको हो ।

‘बिवाईडी डल्फिन’ वर्षको सबैभन्दा प्रतीक्षित गाडी मात्र नभएर परम्परागत रूपमा राष्ट्रिय बजारको इतिहास नै परिवर्तन गर्दै रुचाइने गाडी बन्न सफल भएको छ ।

बिवाईडीले २०२३ मा ब्राजिलमा मात्रै पाँच हजार भन्दा बढी कारको बिक्रीको रेकर्ड बनाइसकेको छ ।