एनएमबि बैंकले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा नयाँ अस्पताल वार्ड निर्माणका लागि २५ लाख सहयोग « Arthapath.com
११ असार २०८२, बुधबार

एनएमबि बैंकले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा नयाँ अस्पताल वार्ड निर्माणका लागि २५ लाख सहयोग



काठमाडौँ । एनएमबि बैंकले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सामाजिक उत्तरदायीत्व अन्तर्गत २५ लाख सहयोग गरेको छ । यस योगदानले अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल सवास्थ्य सुधार गर्ने प्रयासमा सहायता पुयाउँनेछ ।

बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोईराला बीच सहमति आदनप्रदान गरिएको छ । यस सहकार्यले बैंक र अस्पतालको बाल सवास्थ्य सेवा सुधार्ने संयुक्त प्रयासलाई सशक्त रुपमा दर्साउँदछ ।

बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यहरु आयोजना गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्