५७.५३ प्रतिशत बढ्यो हिमालयन बैंकको नाफा, ब्याज आम्दानी र संचालन नाफासँगै इपिएस पनि बढ्यो « Arthapath.com
१० असार २०८२, मंगलबार

५७.५३ प्रतिशत बढ्यो हिमालयन बैंकको नाफा, ब्याज आम्दानी र संचालन नाफासँगै इपिएस पनि बढ्यो



काठमाडौं । हिमालयन बैंकको नाफा वृद्धि भएको छ । ६ महिनामा बैंकको नाफा ५७ प्रतिशत बढेको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा बैंकले १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ५७.५३ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले ९५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको संचालन नाफा र खुद ब्याज आम्दानीमा आएको बढोत्तरीले नै खुद नाफा वृद्धिमा टेवा पुगेको हो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा ५९.५० प्रतिशतले बढेर ५ अर्ब ८२ रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा बैंकको संचालन नाफा पनि ५९.२१ प्रतिशत बढेर २ अर्ब २१ करोड १७ लाख रुपैयाँ कायम भएको छ । तर, बैंकको वितरणयोग्य नाफा भने ४ अर्ब ५२ करोड ३३ लाख रुपैयाँ ऋणात्मक छ । बैंकको कुल संचालन आम्दानी पनि ५२.६७ प्रतिशत बढेर ६ अर्ब ६० करोड ६२ लाख रुपैयाँ कायम भएको छ ।

हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषको आकार पनि १८.२२ प्रतिशत बढाएर १७ अर्ब ९८ करोड ८३ लाख रुपैयाँ पुर्याएको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ८.२५ प्रतिशत बढेर २ खर्ब ९८ अर्ब ३ करोड ३१ लाख रुपैयाँ पुगेको छ । यस्तै, कर्जा लगानी पनि ३.९६ प्रतिशत बढाएर २ खर्ब ३६ अर्ब ४० करोड ९ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ४.९५ प्रतिशत पुगेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकसँग ३.७७ प्रतिशत मात्रै खराब कर्जा थियो ।

बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य बढेर १३ रुपैयाँ ८९ पैसा पुगेको छ । यता, प्रतिसेयर नेटवर्थ भने १६२ रुपैयाँ १७ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्