घर किन्न नेपाल बैंकले ९.९५ प्रतिशत ब्याजदरमै ऋण दिने, कागजात पेश गरेको ५ दिनमै कर्जा स्वीकृत « Arthapath.com
१० असार २०८२, मंगलबार

घर किन्न नेपाल बैंकले ९.९५ प्रतिशत ब्याजदरमै ऋण दिने, कागजात पेश गरेको ५ दिनमै कर्जा स्वीकृत



काठमाडौं । नेपाल बैंकले सहज र सस्तो ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको छ । सरकारी स्वामित्वको बैंकले ९.९५ प्रतिशत ब्याजदरमै घरकर्जा दिने भएको हो । बैंकले सुलभ आवास कर्जा योजना ल्याएको हो ।

बैंकले घर निर्माण तथा खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ‘अब बन्छ मेरो सपनाको घर’ भन्ने नाराका साथ उक्त योजना अघि सारेको छ । यो योजना मार्फत घर निर्माण तथा खरिदका लागि एकल सिंगल डिजिटको ब्याजदरमै कर्जा प्राप्त गर्न सकिनेछ ।

बैंकले ९.९५ प्रतिशतमै घर निर्माण लागतको शतप्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएको छ । ब्याजदर भने पाँच वर्षसम्म स्थिर रहनेछ । उक्त योजना अन्तर्गत घर निर्माण तथा खरिद गर्ने ग्राहकले पाँच वर्षसम्म एउटै ब्याजदरमा कर्जा पाउने छन् ।

बैंकका अनुसार आवश्यक कागजपत्र पूरा गरी पेस गरेको ५ कार्यदिन भित्र ग्राहकले ऋण पाउने बैंकले जनाएको छ । ग्राहकले नजिकैको शाखा कार्यालयमा गई उक्त मौकाको फाइदा उठाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्