कृषि विकास बैंकले डाक्यो साधारण सभा, एजेन्डा के-के छन् ? « Arthapath.com
१० असार २०८२, मंगलबार

कृषि विकास बैंकले डाक्यो साधारण सभा, एजेन्डा के-के छन् ?



काठमाडौं । कृषि विकास बैंकले लाभांश डाकेको छ । कम्पनीले आफ्नो १७औं वार्षिक साधारण सभा आगामी फागुन ३० गते बोलाएको हो ।

कम्पनीले यो वर्ष सेयरधनीलाई कुनै पनि लाभांश दिने प्रस्ताव गरेको छैन । लाभांश बिना नै बैंकले सभा बोलाएको हो । सभमा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्ष २०७९/८० को वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल गरि पारित गर्नेछ ।

यस्तै, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने सभाको एजेन्डा छ । यसका साथै सभाले बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

सभा प्रयोजनका लागि बैंकले फागुन १७ गते शनिबारदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्