बैंकहरुको घट्दो आम्दानीले सेयर होल्डरलाइ समस्या: अध्यक्ष केसी « Arthapath.com
१० असार २०८२, मंगलबार

बैंकहरुको घट्दो आम्दानीले सेयर होल्डरलाइ समस्या: अध्यक्ष केसी



काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरुको आम्दानी घट्दै गएकाले लगानीकर्तालाई समस्या भएको बताए ।

बैंकिङ्ग क्षेत्रको समस्या र आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष केसीले यस्तो बताएका हुन् । उनले बैंकहरुको वितरणयोग्य नाफा नेगेटिभ हुनु बैंकिङ्ग क्षेत्रकै चुनौति रहेको बताए । उनले भने, ‘बैंकहरुको आम्दानी घट्दो छ, यसले सेयर होल्डरलाई समस्या भएको छ । वितरणयोग्य नाफा नेगेटिभ हुँदै जानु बैंकिङ्ग क्षेत्रलाई च्यालेन्ज भएको छ ।’

पछिल्लो समय ब्याजदर घट्दै गएको उनले बताए । ब्याजदर घट्दै गएपछि बैंकहरको आधार दर पनि घट्दो क्रममा रहेको अध्यक्ष केसीले बताए ।

ब्याजदर घट्दै गएपनि कर्जा लगानी विस्तार भने सुस्त रहेको उनको भनाई छ । गत वर्षहरुको तुलनामा कर्जा प्रवाह नभएको केसीले बताए । उनले भने, ‘अहिले कर्जा प्रवाह सोचे जस्तो भएको छैन । गत वर्ष ३ प्रतिशत रहेकोमा अहिले ४ प्रतिशत छ । तर, सोचेजति भएन । ‘ हाल ब्रान्चलेस बैंकिङ्ग पनि घट्दो अवस्थामा रहेको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्