सिंगटी हाइड्रो इनर्जीको हकप्रद सेयरमा आवेदन दिन अन्तिम मौका - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सिंगटी हाइड्रो इनर्जीको हकप्रद सेयरमा आवेदन दिन अन्तिम मौका



काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । गत फागुन २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको हकप्रद आजसम्म (फागुन २२ गते) सम्म आवेदन दिन सकिने छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो। पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्