कुमारी बैंकको ३ कित्ता बढी संस्थापक सेयर बिक्रीमा, कसले किन्न पाउँछन् ?,

काठमाडौं । कुमारी बैंकले ३ कित्ता बढी संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी भेञ्चर ट्रेडिङ्ग एण्ड इन्भेष्टमेन्ट प्रालि र टिका कुमारी खड्काको नाममा रहेको सेयर बिक्री गर्न लागेको हो ।
बैंकले भेञ्चर ट्रेडिङ्गको नाममा रहेको ३ लाख ४ हजार ११८ कित्ता र खड्काको नाममा रहेको ६०३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिनुपर्नेछ ।
आवेदन आजैका मितिले ३५ दिनभित्र बैंकको सेयरि रजिष्ट्रार कुमारी क्यापिटल र बैंकको प्रधान कार्यालय टंगालमा आइपुग्ने गरि दिनुपर्नेछ । उक्त सेयरको बिक्री मूल्य भने बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । तोकिएको समयमा विद्यमान संस्थापकहरुबाट आवेदन नपरेको खण्डमा भने अन्य बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।