कुन मन्त्रालयले कति पायो बजेट ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

कुन मन्त्रालयले कति पायो बजेट ?



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका छन् ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पुनले प्रस्तुत गरेको बजेट चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत तथा पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रहेको छ ।

अर्थमन्त्री पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विनियोजन गरेका छन् । शिक्षा मन्त्रालयलाई दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

कुन मन्त्रालयलाई कति ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय – २ खर्ब ३ अर्ब ६६ करोड
गृह मन्त्रालय – १ खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ
परराष्ट्र मन्त्रालय- ६ अर्ब ७७ करोड
रक्षा मन्त्रालय – ५९ अर्ब ८७ करोड
शहरी विकास मन्त्रालय- ९२ अर्ब ६३ करोड
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय – १ खर्ब ५० अर्ब ५३ करोड
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय – १ अर्ब ६० करोड
युवा तथा खेलकुद मन्त्रालय – ३ अर्ब ५० करोड
खानेपानी मन्त्रालय – २६ अर्ब ६३ करोड
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय – ८६ अर्ब २४ करोड
वन तथा वातावरण मन्त्रालय- १५ अर्ब ७० करोड
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय – ६ अर्ब ८२ करोड
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका – ८ अर्ब १० करोड
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय – ९ अर्व २८ करोड
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय – ११ अर्ब ९१ करोड
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय- ७ अर्ब ३५ करोड
कृषि तथा पशुपन्छी विकास मन्त्रालय – ५७ अर्ब २९ करोड


प्रतिक्रिया दिनुहोस्