१२ श्रावण २०८३, मंगलबार

आयल निगम र ट्यांकर संघबीच चार बुँदे सहमति, आजैबाट सबै पेट्राेलपम्प खुल्ने



काठमाडौं । आन्दोलनरत ट्याङ्कर मजदुरहरुको आन्दोलन स्थगित भएको छ ।

पेट्रोलियम ढुवानी व्यवसायी र सरकारबीच सोमबार भएको छलफलमा सहमति जुटेपछि उनीहरुले आन्दोलनका कार्यक्रमहरु फिर्ता गरेका हुन् ।

निगम र व्यवसायी संघबीच चार बुँदे सहमति भएपछि आन्दोलन फिर्ता गरका छन् । सहमति अनुसार आजदेखि नै पेट्रोलिमय पदार्थको आपूर्ति सहज गराउन मजदुरहरु तयार भएका छन् ।

संघको ७ बुँदे माग लगायत यस क्षेमा देखा परेका समस्याहरुको समाधान गर्ने गरि १५ दिनभित्र प्रतिवेदन पेश गर्न निगमका कार्यकारी निर्देशक डा.चण्डिा प्रसाद भट्ट को संयोजकत्वमा उपसमिति गठन गर्ने निर्णय भएको छ ।

उपसमितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि र नेपाल पेट्रोलियम ट्यांकर चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल पेट्रोलियमा तथा ग्यास श्रमिक संघका प्रतिनिधित्व हुने छन् ।

यस्तै, निगमले व्यवसायीलाई दिँदै आएको पारिश्रमिक र सुविधा ट्यांकर चालक, सहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकहरुलाई उपलब्ध गराउने व्यवसायीहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । यता, विद्यमान कानुनी व्यवस्थाहरुको पालना सम्वन्धमा नियमित रुपमा प्रभावकारी अनुगन गर्ने सहमति भएको छ ।