गरिमा विकास बैंकको ४ लाख बढी कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ४ लाख २६ हजार ९९०.३० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यो सेयर खरिदका लागि सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् । यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा केहि सेयरका लागि मात्रै आवेदन परेकाले बाँकी खरिद नभएको सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकले उल्लेख गरेको छ ।
यो सेयर खरिदका लािग सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।