एनएमबि बैंकले १ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै « Arthapath.com
८ असार २०८२, आईतबार

एनएमबि बैंकले १ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै



काठमाडौं । एनएमबि बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ। कम्पनीले संस्थापक सेयरधनी केएन होल्डिङ्गसको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आजैका मिति (साउन ११ गते) ले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि आवेदन नपरेमा भने प्रचलित कानुन अनुसार अन्य व्यक्ति÷संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्