११ श्रावण २०८३, सोमबार

राष्ट्र बैंक बोर्ड मिटिङ्गले पारित गर्यो मौद्रिक नीति, सवा १२ बजे जारी हुने



काठमाडौं । आज मौद्रिक नीति जारी हुने भएको छ । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक मौद्रिक नीति जारी लागेको हो ।

राष्ट्र बैंकका अनुसार आजै सवा १२ बजे मौद्रिक नीति जारी गर्न लागिएको छ । शुक्रबार बिहान बसेको राष्ट्र बैंक संचालक समितिको बैठकबाट मौद्रिक नीति पारित भइसकेकेको छ ।

नेपाल राष्ट्र बैंकको अडिटोरियम हल बालुवाटार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरिने भएको हो ।

यो पटक सेयर बजार, घरजग्गादेखि लगायतका क्षेत्रमा खुकुलो नीति लिने अनुमान गरिएको छ । यस्तै अटोमोबाइल लगायत समग्रमा अर्थतन्त्र चलायमान बनाउने गरि मौद्रिक नीति आउने अपेक्षा गरिएको छ ।